थाहानगर/८ वैशाख
आशन्न स्थानीय निर्वाचनका लागि वैशाख ११ र १२ गते उमेदवारी दर्ताको तालिका छ । अघिल्लो निर्वाचनको तुलनामा यो वर्ष आचार संहितामा केही कडाइ गरेको छ ।
निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्न बिहीबार निर्वाचन अधिकृतको कार्यालय थाहानगरले सर्वदलीय बैठकको आयोजना गरि आचार संहिता पालना गर्न आग्रह गरेको छ ।
सर्वदलीय बैठकले उमेदवारी दर्ताको दिन र्यालीको आयोजना नगर्ने सहमति भएको छ । बैठकमा आचार संहिता, मनोनयन दर्ता सहजीकरण, निर्वाचन कार्यतालिका, निष्पक्ष निर्वाचनका लागि प्रतिवद्वतालगायतका विषयमा छलफल भएको छ ।
बैठकमा थाहाका लागि निर्वाचन अधिकृत तीर्थराज भट्टराईले उमेदवारी दर्ताका लागि आवश्यक कागजात, शुल्क लगायतको बिषयमा समेत स्पष्ट पारे । उमेदवार दर्ताका लागि २१ वर्ष उमेर पूरा गरेका, थाहानगरको मतदाता नामावलीमा नाम भएको निस्सा प्रति, नागरिकता प्रतिलिपि, दलित उमेदवारले दलित भएको प्रमाणित सिफारिस पत्र, प्रस्तावक र समर्थकको नागरिकता प्रतिलिपिसहित सशरीर उपस्थित हुन सूचित गरेका छन् ।
उमेदवारी दर्ता बेलुकी ५ बजेसम्म खुल्ला रहने हुँदा दलहरु बीच आपसी छलफलबाट फरक फरक समय व्यवस्थापन गर्न पनि भट्टराइले आग्रह गरे ।
बैठकमा थाहा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरिलाल पुरी, नेकपा एमाले थाहा नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधान, नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा माओबादी केन्द्र थाहा नगर ईञ्चार्ज बिष्णु बिष्ट, नेकपा एकीकृत समाजवादी थाहा नगर अध्यक्ष सानुकाजी गोपाली, राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझी, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि मनलाल गोपाली, प्रहरी निरीक्षक दुर्गा खनाललगायतको सहभागिता थियो ।
आयोगका अनुसार वडा सदस्यका लागि ५ सय रुपैयाँ, वडाअध्यक्षका लागि १ हजार र प्रमुख तथा उपप्रमुखका लागि १ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments