Byroad News

Loading...

माओवादीका ३४ जना नेताले छोडे पार्टी


माओवादीका ३४ जना नेताले छोडे पार्टी

काठमाडौं/११ वैशाख
माओवादी केन्द्रका विभिन्न जिल्लाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

पछिल्लो समय राजनीतिक वैचारिक स्खलन र कार्यदीशा अस्पष्ट भएको भन्दै माओवादी नेताहरुले राजीनामा गरेका हुन् । एमसीसीजस्तो राष्टघाती सम्झौताको विरोधस्वरुप पनि राजीनामा बुझाएको बताइएको छ ।

माओवादीभित्र गम्भीर संगठनात्मक समस्या देखिएको भन्दै बेलाबेला सुधारको माग गर्दा पनि नेतृत्वले कुनै सुनुवाई नगरेको उनीहरुको आरोप छ । पार्टीमा वैचारिक भन्दा पनि व्यक्तिवादी सोच हावी भएको उनीहरुको आरोप छ ।

नेतृत्वले बेलगाम स्वेच्छाचारी ढंगले पार्टी हाँक्न खोजेपछि दुर्घटनाको भय हुँदै गएको नेताहरुको विश्लेषण छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएका बेला माओवादीलाई ठूलो धक्का लागेको छ । राजीनामा बुझाउनेमा रामेछाप, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लाका नेताहरु रहेका छन् ।
विज्ञप्ति:

Comments

KATHMANDU WEATHER