थाहानगर/१२ वैशाख
आशन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले थाहा नगरले सबै पदमा उमेदवारी दर्ता गरेको छ ।
वैशाख १२ गते उमेदवारी दर्ताको अन्तिम दिन एमालेले नगर प्रमुखमा एमाले नगर ईञ्चार्ज विष्णु प्रसाद ढकालको प्रस्ताव र नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानको समर्थनमा अचुतम प्रसाद ढकालले उमेदवारी दर्ता गराएका छन् । यसैगरी उपप्रमुखमा रिता ठकुरीको प्रस्ताव र उत्तम लामिछानेको समर्थनमा कल्पना बलमीले उमेदवारी दर्ता गराएका छन् ।
सर्वदलीय बैठकमा सहमती अनुसार एमालेले र्याली र नाराजुलुस नगरि शान्तपूर्वक उमेदवारी दर्ता गराएको हो । उमेदवारी दर्ता गर्न प्रस्तावक र समर्थकहरुसहितको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय शिखरकोट पुगेका थिए ।
एमालेले अधिकांश वडामा युवा उमेदवारहरु खडा गरेका छन् । १ नम्बर वडामा प्रदिप प्रधान, २ मा गुप्तबहादुर कार्की, ३ मा सुजन कुमार रायमाझी, ४ मा रामराजा केसी, ५ मा बिष्णु बहादुर गुरुङ र ६ मा मनहरि भट्टले वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गरेका छन् । यसैगरी वडा नम्बर ७ मा शम्भु बहादुर खत्री, ८ मा हेम थिङ, ९ मा रामकृष्ण बस्नेत, १० मा हिराबहादुर गमाल, ११ मा धनबहादुर गोले र १२ मा युवराज गोलेले उमेदवारी दर्ता गरेका छन् ।
सबै वडाहरुमा एक/एक दलित महिला सदस्य, एक/एक महिला सदस्य र २ सदस्यसहित कुल ६२ जनाले उमेदवारी दर्ता गराएका छन् । अन्तर दलबीचको सहमति अनुसार सुरुमा एमाले, दोस्रोमा नेपाली काङ्ग्रेस र बेलुकी नेकपा माओवादी केन्द्रले उमेदवारी दर्ता गर्ने समय मिलाएको थियो । सोही सहमति अनुसार उमेदवारी दर्ता भैरहेको छ ।
यसैबीच, गठबन्धनका तर्फबाट प्रमुखमा नेकपा माओवादी केन्द्रका बिष्णु बिष्ट र उपप्रमुखमा नेपाली काङ्ग्रेसका भरत गोपालीले उमेदवारी दिदै छन् ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments