थाहानगर/१३ वैशाख
आशन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिकामा परेको उमेदवारी विरुद्ध कुनै पनि दाबी बिरोध परेको छैन ।
मेयरका लागि ६ जना, उपमेयरका लागि २ जना, वडा अध्यक्षका लागि ३ स्वतन्त्रसहित ५९ जना गरि कुल २५४ जनाको उमेदवारी परेकोमा कसैका विरुद्धमा पनि मंगलबार बेलुकी ५ बजेसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृत तीर्थनाथ भट्टराईले जानकारी दिए ।
उमेदवार गैर नेपाली नागरिक भएमा, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको, कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको, निर्वाचनसम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको, संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहु विवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको उमेदवारमाथि दावी विरोध लाग्न सक्ने कानुनी व्यवस्था छ ।
यसैगरि, प्रचलित कानून बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर, कैदमा बसेकोमा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानुनले अयोग्य भएका उमेदवार रहेको अवस्थामा दावी विरोध गर्न पाउने कानुनी प्रावधान छ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments