Byroad News

Loading...

हेटौंडामा बर्ड फ्लु भेटिएपछि अण्डा र कुखुरा नष्ट


हेटौंडामा बर्ड फ्लु भेटिएपछि अण्डा र कुखुरा नष्ट

हेटौंडा/१६ वैशाख
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा बर्ड फ्लु भेटिएपछि गएराति कुखुरा, कुखुराको अण्डा र दाना पनि नष्ट गरिएको छ ।

नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासनको प्रतिनिधि लगायतको उपस्थितिमा कुखुरा नष्ट गरिएको हो ।

खड्काको फार्ममा रहेको कुखुरा ३ हजार ४ सय ५३ वटा, अण्डा ५ हजार ७ सय ८० वटा र ४ सय ५० केजी दाना नष्ट गरिएको हो ।

९ बैशाखमा बर्ड फ्लु शंका लागेपछि पशुसेवा विभाग काठमाडौंमा नमुना पठाइएकोमा ७ दिनपछि बिहिबार बर्ड फ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए ।

रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसि बर्ड फ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोली फिल्डमा गएको थियो ।

आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्ड फ्लु प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परिक्षण भने नेगेटिभ आएको डाक्टर ठाकुरले बताए । आवश्यक स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर कुकुरा नष्ट गरिएको उनले बताए ।

Comments