Byroad News

Loading...

इन्धनको मूल्यमा भारी बृद्धि, ग्याँसमा प्रति सिलिण्डर २ सय बढ्यो


इन्धनको मूल्यमा भारी बृद्धि, ग्याँसमा प्रति सिलिण्डर २ सय बढ्यो

काठमाडौं/८ जेठ
नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर क्ष्यनसका लागि १८०० रुपैयाँ पर्नेछ ।

हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

Comments

KATHMANDU WEATHER