# Recent News
बर्दिया/११ जेठ
बर्दियाको राजापुर नगरपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ ।
नगरपालिकाका मेयर दिपेश थारुले नगरमा रहेका विद्यालयलाई पत्राचार गर्दै दलको कार्यकारिणी पदमा रहेका शिक्षक र कर्मचारीलाई राजीनामा दिन लगाउन निर्देशन दिएका हुन् ।
‘शिक्षा ऐनको व्यवस्था उल्लङ्घन गरी विभिन्न राजनैतिक दलमा संलग्न रही सक्रियरुपमा दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरणविपरीत कार्य गर्ने यस राजापुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेस गर्न हुन जानकारी गरिन्छ,’ पत्रमा भनिएको छ ।
Featured News
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments