हेटौंडा/२० जेठ
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्योग पाठशाला खोल्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको पाँचौं प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र काममा लगाउन उद्योगीहरुलाई आग्रह गरे । अहिले वार्षिक ९ खर्ब बढी रेमिटेन्स भित्रिरहेको बताउदै बिदेश जाने युवाहरुलाई कम्तिमा ३ महिनाको सीप सिकाएर पठाउन पाए कम्तिमा रेमिटेन्स दोब्बर भित्रिने बताए । 'हामी युवाहरुलाई सीप सिकाउने योजनामा छौँ, बिदेश गए पनि राम्रो आम्दानी हुनेछ नजानेले स्वदेश मै सीपको प्रयोग गर्छ ।'
मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको समेत बताए ।
प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको सभामा महासंघका अध्यक्ष शेखर गोल्छाले राज्यले निजी क्षेत्रलाई लगानीको उचित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गरे ।
सभामा पूर्व अध्यक्ष चण्डीराज ढकाल, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामा, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र २ नम्बर प्रदेश अध्यक्ष गणेश राठीले व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा स्पष्ट पारेका थिए ।
सभाको अवसरमा महासंघको भवन निर्माणका लागि करिव ३ कठ्ठा जग्गा उपलब्ध गराएको हेटौंडा उपमहानगरपालिकालाई कदरपत्रले सम्मान गरेको थियो । कदरप्रत्र ग्रहण गर्दै हेटौंडाका प्रमुख लामाले महासंघको कार्यालय हेटौंडामा निर्माण हुने विषय महत्वपूर्ण रहेको बताउदै महासंघको गतिविधिलाई नगरले भरपुर सहयोग गर्ने बताए ।
सभाको अवसरमा महासंघका सदस्यहरुका लागि तयार पारिएको 'प्रीभिलेज कार्ड'को शुभारम्भ पनि गरिएको छ । कार्ड भएका सदस्यहरुले विभिन्न उपभोग्य बस्तु खरिदमा १०% सम्म छुट पाउने लगायतका सेवा पाउने छन् ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments