थाहानगर/१८ असार
मकवानपुर ग्रील तथा स्टील व्यवसायी संघ उत्तरी समितिको अध्यक्षमा निरञ्जन श्रेष्ठ चुनिएका छन् ।
शनिबार होटल शंकरमा भएको उत्तरी मकवानपुरका ग्रील तथा स्टील व्यवसायीहरुको भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सुवाष गोपाली, सचिवमा मधु विश्वकर्मा, कोषाध्यक्षमा कुमार गोपाली चुनिएका छन् ।
समितिको सदस्यहरुमा कमल सुनार, मङ्गल गोपाली र राजन गोपाली चुनिएका छन् । समितिको सल्लाहकारमा जिल्ला सदस्य विजय श्रेष्ठ चुनिएका छन् ।
शनिबार निरञ्जन श्रेष्ठको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथि थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले आफ्नो पेसालाई मर्यादित रुपले सञ्चालन गर्न अनुरोध गर्दै सीप विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गरे बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिवालय सदस्य प्रकाश पौडेल, संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार पौडेल, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, थाहा १ का वडाध्यक्ष हेरमान गोपाली, ५ का वडाध्यक्ष बिष्णु बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments