थाहानगर/१३ साउन
थाहा नगरमा आगामी हप्ता ३ दिनसम्म संयुक्त व्यवसायिक सिविर सञ्चालन हुने भएको छ ।
व्यवसायहरुको मागको आधारमा थाहानगर उद्योग वाणिज्य संघले साउन १७ गतेदेखि १९ गतेसम्म सिविर सञ्चालन गरिन लागेको हो । सिविरमा आन्तरिक राजश्व कार्यालयमा बुझाउन बाकी कर भुक्तानी तथा नयाँ पान दर्ता गर्न सकिनेछ ।
यसैगरी, प्रत्येक वर्ष ढक तथा तराजु परिक्षण गराउन अनिवार्य रहेको भए पनि विरगञ्जसम्म ढक तराजु लैजान नसक्दा धेरै वर्षदेखि ढक तराजु परिक्षण समेत भएको छैन । नाप तौल तथा गुणस्तर विभागको सेवा (ढक तराजु परिक्षण तथा प्रमाणित गर्ने) समेत प्रदान गरिने संघका अध्यक्ष कबिराज खत्रीले बताउनु भयो ।
यसैगरी, नयाँ वयवसायीहरुले घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ फर्म दर्ता गर्ने अवसर पनि सो सिविरमा प्राप्त गर्नेछन् । सिविरमा थाहा नगरपालिकामा फर्म दर्ता गरि नवीकरण नभएका वा नयाँ फर्म दर्ता गर्न चाहने व्यवसायीहरुले पनि सेवा पाउने छन् ।
सोही अवसरमा थाहानगर उद्योग वाणिज्य संघको सदस्यता नवीकरण बाकी रहेका सदस्यहरुलाई कोरोना प्रभावित वर्ष २०७६/०७७, ०७७/०७८ को सम्पूर्ण शुल्कहरु छुट गरि ०७८/०७९ को सदस्यता नवीकरणको अवसर दिइने संघले जनाएको छ ।
-
2 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
3 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments