थाहानगर/२७ साउन
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीको अधिवेशन भाद्र ८ गते हुने भएको छ ।
केन्द्रीय सर्कुलर अनुसार मकवानपुरस्थित राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीको शनिबार होटल गङ्गामा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । संघका उपाध्यक्ष रुपेश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सुमन रायमाझीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
कमिटीको सह-संयोजकमा रुपेश श्रेष्ठ, सचिव रामचन्द्र खत्री, आर्थिक विभाग प्रमुख बिक्रम श्रेष्ठ चयन भएको छ । सचिवालय सदस्यहरुमा सुबिन्द्रमान प्रधान, देबेन्द्र थोकर, भाइकाजी बलामी, प्रविण घलान चयन भएका छन् ।
बैठकमा प्रमुख अतिथि युवा संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अन्तर जिल्ला उत्प्रेरक जयराम डिमडुङ, अतिथिहरु नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, युवा संघ केन्द्रीय सदस्य तथा थाहा नगर उत्प्रेरक दिलमाया घर्तीले संगठनले आगामी दिनमा गर्नु पर्ने कार्यहरुका विषयमा प्रष्ट पार्दै आगामी अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न खेल्नु पर्ने भूमिकाहरुको बारेमा स्पष्ट पार्नु भयो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments