थाहानगर/२७ भदौ
विज्ञान दिवश २०८० को अवसरमा विज्ञान शिक्षक समाजद्वारा आगामी असोज ६ गते हेटौंडामा आयोजना हुने वक्तृत्वकला प्रतियोगिताका लागि थाहा नगरबाट चार जना छनौट भएका छन् ।
सो छनौटका लागि बुधबार जनकल्याण माविले आयोजना गरिएको "समृद्ध समाज निर्माणमा विज्ञान शिक्षाको भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिताबाट चार जना छानिएका हुन् ।
हेटौंडामा हुने प्रतियोगितामा उत्कृष्ट चार जना सहभागी हुने छन् । प्रतियोगिताका लागि प्रथम स्थानमा जनकल्याण माविकी छात्रा ईश्वरी कार्की, द्वितीय स्थानमा पालुङ भ्याली हार्ट एकेडेमीकी छात्रा दीपशिखा रायमाझी, तृतीय स्थानमा मोनिका बलामी र चौथो स्थानमा नाटेश्वर माविकी छात्रा आकृती केसी रहेका छन् । उनीहरु चारै जना जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने र जिल्लाबाट उत्कृष्ट हुनेहरु प्रादेशिक प्रतियोगितामा सहभागी हुने जनकल्याण माविका अतिरिक्त क्रियाकलाप संयोजक रामकुमार बलले जानकारी दिनुभयो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments