- थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
- एमालेले बनायो थाहामा वडास्तरीय निर्वाचन परिचालन कमिटी
- महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन
- रुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
- थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने
काठमाडौं/३० भदौ
काठमाडौं ताहाचलास्थित परिदृश्य वचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको अध्यक्षमा पुन: राम सुन्दर घिमिरे सर्वसम्मत चुनिनु भएको छ ।
शनिबार मसला कटेज पार्टी प्यालेस टेकुमा भएको साधारणसभाले घिमिरेको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति पुर्नगठन गरिएको हो । समितिको उपाध्यक्षमा माया पोखरेल, सचिवमा रोशन शाही, कोषाध्यक्षमा पूर्ण बहादुर खड्का सर्वसम्मत चयन हुनु भएको छ । सदस्यहरुमा सञ्जय गिरी, देबेन्द्र तन्डुकार र प्रेम कुमारी श्रेष्ठ चुनिनु भएको छ ।
काठमाडौं महानगरपालिका सहकारी विभागका प्रतिनिधि मिलनराज वाग्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुजन अधिकारी चयन हुनु भएको छ । सदस्यहरुमा मानकेश्वर श्रेष्ठ र सरु केसी चुनिनु भएको छ ।
संस्थामा धेरै अगाडिदेखि कर्जा लगानी असुलीमा समस्या देखिएकोले ऋण लगानी तथा असुल उपसमिति समेत गठन गरेको छ । कृष्ण चन्द्र बस्नेतको संयोजकत्वमा बालकृष्ण माझी, राजु तण्डुकार, अप्सरा केसी, सुरेन्द्रमान प्रधान, मनोहर बस्नेत र दिनेश बिडारी चयन हुनु भएको छ ।
सभाले महिला परिचालन उपसमिति समेत गठन गरेको छ । माया पोखरेलको संयोजकत्वमा प्रेम कुमारी श्रेष्ठ, सरु केसी, कल्पना घिमिरे, रिना बिडारी, अर्चना तुलाधर सदस्य रहनु भएको छ । सभाले बजार व्यवस्थापन, शिक्षा तथा तालिम उपसमितिमा रोशन शाहीलाई संयोजकमा चयन गरेको छ ।
-
2 weeks agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-
-

Comments