# Recent News
थाहानगर/१६ माघ
सहिद दिवशको अवसरमा थाहा नगरपालिकाको बुद्व चोकमा दीप प्रज्वलन गरिएको छ ।
पालुङ जेसीज, लायन्स क्लव अफ थाहा पिस र लियो क्लव अफ पिस थाहाले संयुक्त रुपमा दीप प्रज्वलन गरि सहिद दिवश मनाएको हो । दीप प्रज्वलन अघि सहिदहरुको सम्झनामा एक मिनेट मौनधारणा गरिएको थियो ।
दीप प्रज्वलनमा जेसीज, लायन्स र लियो क्लवका अध्यक्षहरु, पूर्व अध्यक्षहरु र सदस्यहरुको सहभागिता थियो । 
यसैगरी थाहा नगरपालिका विभिन्न वडाहरुले पनि दीप प्रज्वलन गरि सहिद दिवश मनाएका छन् । कार्यालय समय पछि दीप प्रज्वलन गरिएको १ नम्बर वडाका कार्यवाहक अध्यक्ष सरोज प्रधानले बताउनुभयो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments