थाहानगर/२१ माघ
थाहा नगरपालिकास्थित श्री जनकल्याण माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि सकिएको छ ।
सो अवसरमा आयोजित तीन दिने वार्षिकोत्सव समारोहको आज एक समारोहकाबीच सम्पन्न भएको छ। समापन समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बागमती प्रदेश सरकारको शिक्षा नीति करिब अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले स्थानीय सरकार र केन्द्र सरकारलाई समन्वय गरेर शिक्षाको कार्यक्रम सञ्चालन गर्ने नीति प्रदेश सरकारले तयार गरेको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विद्यालयको उनन्नयको लागि योगदान गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
समापन समारोहमा जनकल्याण एल्मुनाइका अध्यक्ष निरन्जन अधिकारी, पुर्व विद्यार्थी हरिकृष्ण कार्की र पुरुषोत्तम कार्कीले शुभकामना व्यक्त गर्नु भयो ।
वार्षिकोत्सब समारोहको अवसरमा पहिलो दिन १९ माघमा थाहा नगरपालिका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन तथा प्राविस्तरीय सामुहिक नृत्य प्रतियोगिता, दोस्रो दिन २० माघमा पूर्व विद्यार्थीहरु बीच "विगत, आगत र भविष्य" विषयक अन्तर्कृया सम्पन्न गरिएको थियो ।
-
-
-
1 month agoथाहाको बजेट ९१ करोड

Comments