थाहानगर/२५ माघ
नेकपा एमालेका संगठित सदस्य तथा पूर्व जनप्रतिनिधि नानीछोरी प्रधानको सम्झनामा एमालेले श्रद्धाञ्जली सभा गरेको छ ।
नेकपा एमाले २ नम्बर वडा कमिटीले तत्कालीन पालुङ गाविसमा जनप्रतिनिधि नानीछोरी प्रधानको निधन भएको तेह्रौं दिनको पुण्यतिथिमा बिहीबार श्रद्धाञ्जली अर्पण गरेको हो ।
वडा कमिटीका उपाध्यक्ष रमण श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी मकवानपुरका सदस्य एवम् थाहानगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधानले नानीछोरी प्रधान तत्कालीन समयमा महिला सशक्तीकरणको अगुवा रहेको स्मरण गर्नु हुँदै महिला आन्दोलनमा अग्रणी भूमिका रहेको बताउनु भयो ।
सभामा जिल्ला कमिटी सदस्य कल्पना बलामीले नानीछोरी प्रधानको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनु भयो । सभामा एमाले बागमती प्रदेशका पूर्व सदस्य श्यामभक्त श्रेष्ठले प्रधानको जीवनी सुनाउनु भयो ।
सभामा एमाले जिल्ला कमिटी सदस्य शिवराम थापा, पूर्व जिल्ला कमिटी सदस्यहरु विमल कुमार ढकाल, सगुन कुमार ढकाल, पूर्व वडा अध्यक्ष गुप्त बहादुर कार्की, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु मधुकर विक्रम श्रेष्ठ, प्रदिप प्रधान, सिताराम थापालगायतको सहभागिता थियो ।
२०५४ को स्थानीय निर्वाचनमा नानीछोरी प्रधानले एमालेका तर्फबाट महिला वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँको ७० वर्षको उमेरमा माघ १३ गते आफ्नै निवासमा निधन भएको हो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments