थाहानगर/५ फागुन
नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधानलाई बोर्ड सल्लाहकारमा मनोनीत गर्नु भएको छ ।
वर्ष २०२४ को जेसीज अभियानलाई सफल बनाउन, समय सापेक्ष उत्कृष्ट एवं उपलब्धिमुलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई सार्थक परिणाम सहित कुशल नेतृत्व तथा सवल व्यक्तित्व विकासमा योगदान पुऱ्याउने उद्देश्यका साथ यस वर्ष नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष प्रकरण इनिसियट, इनोभेटिभ, इम्प्याक्ट रहेको विषयलाई प्रभावकारी बनाउने राष्ट्रिय अध्यक्षको उद्देश्य रहेको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिनु भयो ।
पालुङ जेसीज वर्ष २०१० का अध्यक्ष प्रधानले यस अघि पनि नेपाल जेसीजका विभिन्न वर्षहरुमा विभिन्न पदमा रहेर काम गरिसक्नु भएको छ । प्रधान थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष, नेपाल स्वयंसेवी रक्तदाता समाज मकवानपुर शाखाका अध्यक्ष, सुखी भविष्य वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, प्याव्सन थाहा नगरका अध्यक्ष, पालुङ क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष, सामुदायिक सेवा केन्द्र दामन पालुङका संस्थापक अध्यक्ष, लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
यसैगरी पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष संगम कार्की 'चिल्ड्रेन एन्ड युथ कमिसन' को सदस्यमा मनोनीत हुनु भएको छ ।
पालुङ जेसीजका अध्यक्ष रायमाझीले दुवै मनोनीतले पालुङ जेसीजको उचाई समेत बढेको बताउदै बधाई दिनु भएको छ ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments