थाहानगर/५ फागुन
नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले हेटौंडा लेडी जेसीज वर्ष २०२३ की अध्यक्ष दिलु घर्ती मगरलाई नेशनल लेडी जेसीज एकेडेमीको संयोजकमा मनोनीत गर्नु भएको छ ।
वर्ष २०२४ को जेसीज अभियानलाई सफल बनाउन, समय सापेक्ष उत्कृष्ट एवं उपलब्धिमुलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई सार्थक परिणाम सहित कुशल नेतृत्व तथा सवल व्यक्तित्व विकासमा योगदान पुऱ्याउने उद्देश्यका साथ यस वर्ष नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष प्रकरण इनिसियट, इनोभेटिभ, इम्प्याक्ट रहेको प्रकरणलाई प्रभावकारी बनाउने राष्ट्रिय अध्यक्षको उद्देश्य रहेको जनाउदै घर्तीलाई संयोजकमा मनोनीत गरेको हो ।
घर्ती जेसीज अभियानलगायत अन्य संघसंस्थाहरुमा कृयाशील युवा हुनुहुन्छ ।
Featured News
-
-
-
1 month agoथाहाको बजेट ९१ करोड

Comments