# Recent News
थाहानगर/१० फागुन
पालुङ जेसीजको आयोजनामा १० फागुनमा पालुङ क्याम्पसका विद्यार्थीहरुलाई साइवर अपराध न्यूनीकरण शिक्षा प्रदान गरिएको छ ।
क्याम्पस प्रमुख राजन मिश्रको प्रमुख आतिथ्यतामा क्याम्पसका विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापा मगरले सहजीकरण गर्नु भएको हो ।
साइवर अपराध सम्बन्धी ज्ञान नहुनाले समाजमा साइवर मार्फत जघन्य अपराधहरु भैरहेकोले त्यसको न्यूनीकरणका लागि सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विराज थापाले जानकारी दिनुभयो ।
पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरुलगायतको सहभागिता थियो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments