थाहानगर/१३ फागुन
नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ४ वडा कमिटीको अध्यक्षमा पुन: नारायण बल लामा निर्विरोध हुनु भएको छ ।
कमिटीको उपाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, सचिवमा चम्पु सिं बल, उपसचिवमा सिद्वार्थ केसी र पसिना खाती निर्विरोध हुनु भएको छ । यसैगरी सदस्यहरुमा सुमन गोले, शान्ती कुमारी बल, राजु थोकर, राजेन्द्र बल, दिलिप रुम्बा, मनकुमार बल, सुमन भुजेल, लक्ष्मण छुमी तामाङ, सिताराम केसी, देवेन्द्र थोकर, प्रमोद केसी, श्यामराजा केसी र इन्द्रबहादुर बल चुनिनु भएको छ ।
जिल्ला कमिटी सदस्य तथा वडा इञ्चार्ज कल्पना बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले नगर अधिवेशनका लागि ९ जना खुल्ला, ४ जना महिला र ४ जना दलित प्रतिनिधि छनौट गरेको छ ।
महिला प्रतिनिधिहरुमा सानुनानी अधिकारी, मिरा भट्ट, चरिमाया बल र चमेली माया बल छनौट हुनु भएको छ । यसैगरी खुल्ला प्रतिनिधिहरुमा रामराजा केसी, नारायण बल तामाङ, ज्ञानेन्द्र अधिकारी, अनित विष्ट, चम्पु सिं बल, सिताराम केसी, बिजय गोले, इन्द्रबहादुर बल र रामकुमार थोकर छनौट हुनु भएको छ ।
अधिवेशनबाट दलित प्रतिनिधिहरुमा अशोक खाती, पसिना खाती, सुमन खाती र कुमार ल्वागुन वि.क. अनुमोदन भएको छ ।
अधिवेशनमा जिल्ला कमिटी सदस्य तथा थाहा नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधान, पूर्व जि.क. सदस्य बिमल ढकाल, नगर अधिवेशन आयोजक कमिटी सदस्य तथा वडा ईञ्चार्ज जित बहादुर थोकर, आयोजक कमिटी सदस्यहरु सुजन कुमार रायमाझी, गुप्त कार्की, रामराजा केसी, अशोक खाती, थाहा-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अनित विष्टलगायतको आतिथ्यता थियो ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments