थाहानगर/१४ फागुन
नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १ को अधिवेशनबाट पुन: गोबिन्द गोपाली अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
१४ फागुनमा सुनौला डाडामा भएको अधिवेशनबाट गोपालीको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा बिनोद लामिछाने, सचिवमा सुवर्ण गोपाली, उपसचिवद्वयमा किशोर थोकर र सारिका प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ ।
कमिटीको सदस्यहरुमा पवित्र गोपाली, सहदेव गोपाली, भिम बहादुर गोपाली, रुपचन्द्र गोपाली, रत्न गोपाली, पूर्ण गोपाली, मनोज बलामी, गुरुङ बलामी, श्यामफुल बलामी, सुनकुमारी बलामी, सुबिन्द्रमान प्रधान, प्रतिभा श्रेष्ठ, दिपक प्रधान, सुन्दरश्याम श्रेष्ठ, पेम्बा गोले, समीर तामाङ, अर्जुन दोङ, रमेश तामाङ, अष्टमान तामाङ, सुदिप थोकर, रत्न बहादुर थोकर र रेशम बहादुर थोकर सर्वसम्मत चयन हुनु भएको छ ।
अधिवेशनले नगर अधिवेशनका लागि १२ जना खुल्ला र ४ जना महिला प्रतिनिधि पनि सर्वसम्मत छनौट हुनु भएको छ । खुल्ला तर्फबाट प्रतिनिधिहरुमा घनश्याम अमात्य, सुरेन्द्रमान प्रधान, प्रदिप प्रधान, धर्मलाल प्रधान, राजकुमार प्रधान, गोबिन्द गोपाली, श्याम बलामी, बाबुलाल गोपाली, देबेन्द्र गोपाली, सुन्दर बलामी, विष्णु हरि लामिछाने रसुवर्ण गोपाली निर्विरोध हुनु भएको छ ।
यसैगरी महिला प्रतिनिधिहरुमा गोमा श्रेष्ठ, दिलकुमारी श्रेष्ठ, कल्पना लामिछाने र शर्मिला गोपाली निर्विरोध हुनु भएको छ ।
वडा कमिटी अध्यक्ष गोपालीको सभाध्यक्षता तथा संविधान सभा सदस्य तथा एमाले नेता सुवाष चन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा भएको हो । अधिवेशनमा जिल्ला कमिटी सदस्य तथा नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधान, जिल्ला कमिटेका सदस्यद्वय हरि गोपाली, सुनिता दोङ, पूर्व प्रदेश कमिटी सदस्यद्वय बुद्धरत्न मानन्धर, श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला सदस्यद्वय घनश्याम अमात्य, बिमल ढकाल, नगर अधिवेशन आयोजक कमिटी सचिव रामकृष्ण बस्नेत, ८ नम्बर वडा अध्यक्ष हेम कुमार थिङ, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु सुजन कुमार रायमाझी, प्रदिप प्रधान, धर्मलाल प्रधान, बाबुलाल गोपाली, सुन्दर बलामी, गगन श्रेष्ठ, सुर्यबहादुर दोङ्लगायतको आतिथ्यता थियो ।
वडा नम्बर १ बाट संगठित सदस्य लिएका नयाँ २५ जना सदस्यहरुलाई प्रमुख अतिथि ठकुरी र नव निर्वाचित वडा कमिटीलाई जिल्ला सदस्य प्रधानले शपथ ग्रहण गराउनु भयो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments