Byroad News

Loading...

एमाले थाहा नगर अधिवेशन प्रभावकारी बनाउन निर्देशन


एमाले थाहा नगर अधिवेशन प्रभावकारी बनाउन निर्देशन

थाहानगर/२३ फागुन

आउँदो फागुन २८ गते हुने नेकपा एमालेको थाहा नगर अधिवेशन प्रभावकारी बनाउन नेताहरुले निर्देशन दिनु भएको छ ।

२३ फागुनमा भएको नगर अधिवेशन आयोजक कमिटीको सचिवालय बैठकमा एमाले नेताहरुले अधिवेशनलाई पार्टीको आगामी कार्यदिशाको रुपमा समेत लिन निर्देशन दिनु भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नु हुने अधिवेशनका लागि पार्टीका संगठित सदस्यहरुलाई अनिवार्य सहभागी गर्न निर्देशन दिनु भएको हो । 

अधिवेशनको तयारी बैठकले प्रतिनिधिहरुको नामावली अनुमोदन गर्दै थप योजना बनाएको नगर अधिवेशन आयोजक कमिटी सचिव रामकृष्ण बस्नेतले जानकारी दिनुभयो । 

अधिवेशनका लागि वडाहरुबाट १ सय ७६ प्रतिनिधि छानिएका छन् भने अधिवेशनमा जनवर्गीय संगठनहरुबाट ३/३ जना र ५ प्रतिशत प्रतिनिधि मनोनित हुने व्यवस्था छ ।

बैठकमा संविधान सभा सदस्य सुभास चन्द्र ठकुरी, बागमती प्रदेश कमिटी सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का ईञ्चार्ज बलराम बल, बागमती प्रदेश सभा सदस्य तथा एमाले जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश सदस्य तथा थाहा नगर ईञ्चार्ज इन्द्रमान स्याङ्तान, अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालले मन्तव्य व्यक्त गर्नुभयो ।

बैठकले अधिवेशनका लागि प्रदेश सदस्य तथा थाहा नगर ईञ्चार्ज ईञ्चार्ज इन्द्रमान स्याङ्तानको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षीय मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलमा सुवास चन्द्र ठकुरी, नारायण रिजाल, श्यामभक्त श्रेष्ठ, बुद्दरत्न मानन्धर, शशीधर सुवेदी, शिवराम थापा, हरि गोपाली र विष्णु प्रसाद ढकाल रहनु भएको छ । अध्यक्ष मण्डलले अधिवेशन अघि नै सम्भावित उमेदवारहरुबीच छलफल गरि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने जनाएको छ । 

Comments

KATHMANDU WEATHER