Byroad News

Loading...

पार्टी निर्माण र विकासमा जोडिन एमाले नेतृत्वलाई कार्यकर्ताको आग्रह


पार्टी निर्माण र विकासमा जोडिन एमाले नेतृत्वलाई कार्यकर्ताको आग्रह

थाहानगर/२ चैत्र

नेकपा एमाले थाहा नगर ५ नम्बरका कार्यकर्ताहरुले नव निर्वाचित नेतृत्वलाई पार्टी निर्माण र विकासमा जोडिन आग्रह गरेका छन् ।

२ चैत्रमा ५ नम्बर वडा कमिटीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा एमाले कार्यकर्ताहरुले नेतृत्वलाई यस्तो आग्रह गरेका हुन् । वडा कमिटीका अध्यक्ष शिवराज स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित अध्यक्ष सुरेन्द्रमान प्रधानले आफ्ना कार्यकर्ताहरुकै सुझावलाई ग्रहण गर्दै पार्टीले कार्यक्रम तय गर्ने बताउनु भयो । प्रधानले सधैं जनताको दु:खसुखमा साथ दिएर पार्टी निर्माण र विकास निर्माणमा समर्पित रहने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले नेता तथा वडा नम्बर ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङले अध्यक्ष प्रधान, नगर सचिव सुजन कुमार रायमाझी, थाहा ५ बाट नगर कमिटीमा प्रतिनिधित्व गरेका वडा सदस्यहरुलाई माला खादाले बधाई दिनुभयो । सो वडाबाट नगर कमिटीमा कृष्ण बहादुर मुक्तान, जानुका कार्की, गणेश बहादुर खड्का र श्याम कुमार भोम्जन सदस्यमा सर्वसम्मत चयन हुनु भएको थियो ।

कार्यक्रमको अवसरमा वडा अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा गरेका विकास निर्माण र हाल प्रकृयामा रहेका योजनाहरु सुनाउनु भयो । 

२८ फागुनमा नेकपा एमाले थाहा नगर कमिटीको तेस्रो अधिवेशनले प्रधानको नेतृत्वमा ६७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको थियो । 

Comments

KATHMANDU WEATHER