Byroad News

Loading...

हरेक गतिविधिमा खबरदारी गरेर रचनात्मक सहयोग गर्नु: प्रधान


हरेक गतिविधिमा खबरदारी गरेर रचनात्मक सहयोग गर्नु: प्रधान

थाहानगर/३ चैत्र

नेकपा एमाले थाहा नगर कमिटीका नव निर्वाचित अध्यक्ष सुरेन्द्रमान प्रधानले सबै सार्वजनिक कामहरुमा खबरदारी गरेर रचनात्मक सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

एमाले वडा नम्बर १ ले ३ चैत्रमा गरेको स्वागत तथा बधाई कार्यक्रममा नगर अध्यक्ष प्रधानले गाउँ समाजमा हुने हरेक सामाजिक गतिविधिलाई प्रत्यक्ष नियालेर आवश्यक काममा रचनात्मक तरिकाले सहभागी हुन आग्रह गर्नुभयो । 

"हाम्रा हुन् वा फरक पार्टीका साथीहरुले नेतृत्व गरेका कामहरुमा होस्, आ-आफ्नो टोलमा हुने विकास निर्माणका कामहरुको अवलोकन गर्नुस्, खबरदारी आवश्यक भए खबरदारी गर्नुस् तर रचनात्मक रुपले सहयोग गर्न नछोड्नुस्" अध्यक्ष प्रधानले भन्नुभयो ।

कार्यक्रममा वडा कमिटी अध्यक्ष तथा सभाध्यक्ष गोबिन्द गोपालीले नगर कमिटीका उपाध्यक्ष हेम कुमार थिङ, सचिव सुजन कुमार रायमाझी, उपसचिव द्वय सुर्यबहादुर दोङ, तुलसा विष्ट, वडा नम्बर १ बाट नगर कमिटीमा निर्वाचित सदस्यहरु राजकुमार प्रधान, श्याम बलामी, दिलकुमारी श्रेष्ठ, पवित्र गोपाली र शर्मिला गोपालीलाई खादा अविरले बधाई दिनुभएको थियो ।

कार्यक्रममा नगर कमिटीका पूर्व सचिवालय सदस्य प्रदिप प्रधान, उपसचिव तुलसा विष्ट, वडा कमिटी अध्यक्ष गोपालीले संगठन मजबुद गराउन आफूहरुले भूमिका निर्वाह गर्ने बताउनु भयो ।

कार्यक्रमको अवसरमा थाहा १ का पूर्व जनप्रतिनिधि मानबहादुर गोलेको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Comments

KATHMANDU WEATHER