थाहानगर/४ चैत्र
नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ११ ले आउँदो निर्वाचनमा आफ्नो बिरासत फर्काउने उद्घोष गरेको छ ।
एमाले थाहा नगर अधिवेशनबाट गठित नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको ४ चैत्रमा भएको बधाई कार्यक्रममा थाहा ११ का नेता कार्यकर्ताहरुले २०८४ को निर्वाचनमा आफ्नो बिरासत फर्काउने गरि संगठन बिस्तार गर्ने प्रतिवद्दता व्यक्त गरेका हुन् ।
वडा कमिटीका अध्यक्ष राजकपुर बलको अध्यक्षता एवम् जिल्ला कमिटी सदस्य सुनिता दोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि दोङले वर्ग विहीन समाजको यात्रामा रहेको एमालेले नेतृत्व गरे मात्र गाउँ विकास हुने बताउनु भयो ।
कार्यक्रममा नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानले व्यक्ति भन्दा पनि विचारको जीत हुन आवश्यक रहेको बताउदै विचार र योजना सहितको उमेदवार एमालेले प्रस्तुत गर्ने बताउनु भयो । हरेक दिन जनताको दु:खसुखमा जोडिन आवश्यक रहेको बताउदै अध्यक्ष प्रधानले पार्टीका गतिविधि मात्र नभई सामाजिक गतिविधिको अग्रभागमा उभिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर सदस्य विक्रम गोले, नगर सचिव सुजन कुमार रायमाझीलगायतले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा एमाले नगर उपाध्यक्ष हेमकुमार थिङ, उपसचिव सुर्यबहादुर दोङ, नगर सदस्यहरु भरत कार्की, सुजन गोले, कुमारी गोले, पूर्व नगर कमिटी सदस्य देवलाल मोक्तान, राष्ट्रिय युवा संघ वडा संयोजक विकास बललगायतको आतिथ्यता थियो ।
कार्यक्रममा नव निर्वाचित नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई टीका र खादाले सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments