थाहानगर/७ चैत्र
नेकपा एमालेले थाहा नगरपालिका वडा नम्बर ७ मा संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।
७ चैत्रमा डाडाबासमा भएको नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको स्वागत एवम् शुभकामना कार्यक्रममा एमालेका नगर नेताहरुले थाहा ७ मा संगठन विस्तार अभियान सञ्चालन गर्ने बताउनु भएको हो ।
कार्यक्रममा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, उपाध्यक्ष हेम कुमार थिङ, सचिव सुजन कुमार रायमाझी, नगर सदस्यहरु काजिमान थिङ, अनुरोध स्याङ्तान, भरत कार्की र वडा कमिटी अध्यक्ष विवेक थिङले जनताका दु:खसुखमा जोडिदै पार्टीको अभियान सञ्चालन गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको हो । कार्यक्रममा एमाले थाहा नगरक संसदीय दलका नेता समेत रहनु भएका पार्टी नगर उपाध्यक्ष हेम कुमार थिङले गाउँको विकास निर्माणमा पनि एमाले निरन्तर लाग्न बताउनु भयो ।
कार्यक्रममा नगर अध्यक्ष प्रधानले युवा र महिलाहरुलाई विशेष रुपले संगठित गरि नियमित योजना निर्माण गर्नु पर्ने बताउनुभयो ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments