Byroad News

Loading...

के के निर्णय गर्‍यो एमाले थाहा नगर कमिटीको बैठकले ?


के के निर्णय गर्‍यो एमाले थाहा नगर कमिटीको बैठकले ?

थाहानगर/२२ चैत्र

नेकपा एमाले थाहा नगर कमिटीको पहिलो पूर्ण बैठक विभिन्न निर्णय गरेर सम्पन्न भएको छ ।

२२ चैत्रमा सम्पन्न बैठकले आगामी कार्ययोजनाहरु तय गरेको छ । नगर कमिटी अध्यक्ष सुरेन्द्रमा प्रधानको अध्यक्षता एवम् एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

तेस्रो नगर अधिवेशन पछि बसेको पहिलो बैठकले थाहा नगरपालिका १ का सिताराम गोपालीलाई नगर कमिटीमा मनोनित गरेको छ । १० प्रतिशत मनोनित गर्न पाउने वैधानिक व्यवस्था अनुसार गोपालीलाई मनोनित गरेको हो । बाकी सदस्यहरु अर्को बैठकबाट मनोनित गर्ने जनाएको छ ।

बैठकले चैत्र मशान्तभित्र संगठित सदस्यहरु नवीकरण गर्ने, प्रत्येक वडाले कम्तिमा १५ जना ४० वर्ष मुनिका युवाहरुलाई सदस्यता प्रदान गर्ने, वडा कमिटी र जनवर्गीय कमिटीमा आवद्व सबैलाई संगठित सदस्यता वितरण गर्ने निर्णय गरेको नगर सचिव सुजन कुमार रायमाझीले जानकारी दिनुभयो ।

बैठकले बैशाख मशान्तभित्र जनवर्गीय तथा पेसागत संगठनहरुको अधिवेशन गर्ने, बैशाखभित्रै सबै टोल कमिटीहरुको अधिवेशन गर्ने, प्रत्येक वडाहरुले २० गतेदेखि २८ गतेसम्ममा नियमित बैठक गर्ने, पालिका सभा दलको प्रशिक्षण बैशाख १४ गते गर्ने, बैशाख ५ गते नगर स्तरीय पार्टी प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रमुख अतिथि ज्ञवालीले हरेक क्षेत्रमा अब्बल काम गरेर देखाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

बैठकमा संविधान सभा सदस्य सुभास चन्द्र ठकुरीले नगर कमिटीलाई राम्रो अंकसहित उत्तीर्ण हुने गरेर काम गर्न निर्देशन दिनुभयो ।

बैठकमा बागमती प्रदेश कमिटी सदस्यहरु बलराम बल, इन्द्रमान बलले अब आउँदो निर्वाचनमा थाहामा एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

बैठकमा प्रदेश कमिटी सदस्य नारायण रिजाल, जिल्ला संगठन कमिटी सदस्य एवम् थाहा नगर सह-इञ्चार्ज शशीधर सुवेदी, जिल्ला संगठन कमिटी सदस्यहरु कल्पना बलामी, सुनिता दोङ, बलराम थापा, पूर्व प्रदेश कमिटी सदस्यहरु बुद्वरत्न मानन्धर, श्यामभक्त श्रेष्ठ, पूर्व नगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकाल, वडा अध्यक्षहरु बिष्णु बहादुर गुरुङ, हेम कुमार थिङ, जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्की, अखिल नेपाल महिला संघका अध्यक्ष सुमित्रा केसी, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष अशोक खाती, रिटर्नी फेडेरेशनका अध्यक्ष सुमन रायमाझी, नेपाल भुतपूर्व सैनिक एवं प्रहरी संगठनका अध्यक्ष कृष्ण बहादुर अधिकारी, भूमी अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष जितबहादुर थोकरलगायतको आतिथ्यता थियो ।

Comments

KATHMANDU WEATHER