थाहानगर/१० वैशाख
नेकपा एमाले निकट भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल थहा नगर कमिटीको अध्यक्षमा जितबहादुर थोकर सर्वसम्मत हुनु भएको छ ।
१० वैशाखमा सम्पन्न प्रथम नगर अधिवेशनले थोकरको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा बेलबहादुर स्याङ्तान, सचिवमा अच्युत केसी र उपसचिवमा नानीमैया नेपाली सर्वसम्मत हुनु भएको छ ।
कमिटीको सदस्यहरुमा दिपक बलामी, भरत गोपाली, कृष्णगोपाल विश्वकर्मा, सुर्यबहादुर वि.क., भक्ति परियार, राजेन्द्रकुमार थिङ र इन्द्रबहादुर बल सर्वसम्मत हुनु भएको छ ।
अधिवेशनको अवसरमा प्रमुख अतिथि एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले लामो समयदेखि भूमि अधिकारका लागि लडिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई यो संगठनमा आवद्ध गराई समस्या समाधानमा एकजुट गराउन आवश्यक रहेको बताउनु भयो । प्रधानले असुरक्षित श्रमको क्षेत्रमा कार्यरत तथा भविष्य सुनिश्चित नहुने क्षेत्रमा कार्यरत श्रमिकहरुलाई समेत समेट्न नगर कमिटीलाई आग्रह गर्नुभयो ।
अधिवेशनमा एमाले नगर सचिव सुजन कुमार रायमाझी, नेपाल उत्पीडित जातिय मुक्ति समाज थाहा नगरका अध्यक्ष अशोक खाती, एमाले नगर सदस्य काजिमान थिङ र श्याम बलामीलगायतको आतिथ्यता थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments