थाहानगर/३० वैशाख
नेकपा एमालेले थाहा नगरका विभिन्न टोलहरुमा कमिटी गठन गरेको छ ।
२९ वैशाखमा थाहा नगरपालिका २ पालुङ शहरमा प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा उषा बलामी, सचिवमा विजन प्रधान चुनिनु भएको छ ।
यसैगरी, सदस्यहरुमा राजेश्वर बलामी, सुशान्त श्रेष्ठ, सुरेश श्रेष्ठ, पवन श्रेष्ठ, सुमित श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, सन्जिप श्रेष्ठ र रोशिका नापित चुनिनु भएको छ ।
भेलामा पूर्व प्रदेश कमिटी श्यामभक्त श्रेष्ठ, नगर सदस्यहरु गौतमराज श्रेष्ठ, गगन श्रेष्ठलगायतको आतिथ्यता थियो ।
यसैगरी, वडा नम्बर १२ स्थित दोभान, घलेगाउ, आलामपुर, मानेडाडा टोल कमिटी गठन भएको छ ।
नगर सचिवालय सदस्य मानबहादुर स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको भेलाले पूर्णबहादुर घलेको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रामबहादुर स्याङ्तान, सचिव हरिबहादुर घले चुनिनु भएको छ ।
कमिटीको सदस्यहरुमा बिनोद घले, रामजी घले, सोमबहादुर घले, दम्फु घले, सुवास घले, शरण घले, बुद्व स्याङ्तान, हरिबहादुर स्याङ्तान र राजु स्याङ्तान चुनिनु भएको छ ।
यसैबीच, एमाले थाहा ४ नम्बर वडा कमिटीले विभिन्न टोलहरुमा अधिवेशन गर्ने निर्णय गरेको छ । नगर सचिवालय सदस्य जितबहादुर थोकरको प्रमुख आतिथ्यता तथा वडा कमिटी अध्यक्ष नारायण बलको अध्यक्षतामा बसेको बैठकले जेठ ७ गते दामन, सिमभन्ज्याङ, ९ गते नारायण झ्याउ, ठूलो माखु, ११ गते किटेनी, १४ गते दोबाटो, शिखरकोट, धारापानी, नयाँ गाउँ, १७ गते रुप्से, ठूलो चौर टोल कमिटी अधिवेधन गर्ने निर्णय गरेको वडा कमिटीका उपाध्यक्ष ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments