थाहानगर/२१ भदौ
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल थाहा नगर अधिवेशन आयोजक कमिटीको संयोजकमा देवेन्द्र थोकर चयन हुनु भएको छ ।
भदौ २१ गते सम्पन्न नगर भेलाले थोकरको संयोजकत्वमा २७ सदस्यीय नगर अधिवेशन आयोजक कमिटी गठन गरेको हो । कमिटीको सचिवमा धनबहादुर गोले 'सुवाश' चयन हुनु भएको छ । कमिटीको सदस्यहरुमा रुपा विष्ट, समीर तामाङ, मोहनदाश प्रधान, रमण श्रेष्ठ, यार्साङ बल, संग्राम कार्की, सुमन गोले, सुरज केसी, महेश भोम्जन, इश्वर वाइबा, डेनी भट्ट, पुष्कर थापा मगर, सिद्धार्थ गौतम गोले, रामकुमार स्याङ्तान, राहुल थापा, जयराम थिङ, केसाङ भोम्जन, युवराज गमाल श्रेष्ठ, अमिर गोपाली, बिकास गोले, नमराज स्याङ्तान र माइते स्याङ्तान सर्वसम्मत चयन हुनु भएको छ ।
जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य सुजन कार्कीको सभाध्यक्षता एवम् जिल्ला अधिवेशन संयोजक राजेश नगरकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले भदौ २८ र २९ गते हेटौंडामा हुने जिल्ला अधिवेशनका लागि १५ जना प्रतिनिधिहरु समेत सर्वसम्मत चयन गरेको छ ।
भेलामा प्रमुख अतिथि नगरकोटी, नेकपा एमाले जिल्ला सदस्य तथा थाहा नगर ईञ्चार्ज बिमल कुमार ढकाल, नगर अध्यक्ष सुरेन्द्रमान प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments