Byroad News

Loading...

एमाले थाहा २ ले सदस्यता वितरणलाई प्राथमिकता दिने


एमाले थाहा २ ले सदस्यता वितरणलाई प्राथमिकता दिने

थाहानगर/२५ भदौ

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर २ ले पार्टी सदस्यता वितरणलाई प्राथमिकता दिने भएको छ ।

भदौ २५ गते सम्पन्न वडा कमिटीको बैठकले लामो समयदेखि पार्टी काममा कृयाशील रहेर पनि पार्टी सदस्यता प्राप्त नगरेकाहरु, विभिन्न जनवर्गीय संगठनमा कृयाशील सदस्यहरु, फरक पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई संगठित सदस्यताका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

वडा कमिटी अध्यक्ष विष्णुहरि थापाको अध्यक्षता एवम् जिल्ला सदस्य तुलसा विष्टको प्रमुख आतिथ्यतामा भएको बैठकले विभिन्न मितिहरुमा टोल कमिटीको सम्मेलन, प्रत्येक महिनाको १९ गते वडा कमिटीको नियमित वैठक, पार्टी सदस्यहरु विकास निर्माण र जनसरोकारका सवालमा कृयाशील हुने लगायतका निर्णय गरेको वडा सचिव रमेश कार्कीले जानकारी दिनुभयो । 

बैठकमा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, उपसचिव शान्ता रिमाल, वडा ईञ्चार्ज गौतमराज श्रेष्ठ, नगर सदस्यहरु श्यामकुमार कार्की, गगन श्रेष्ठ, विक्रम श्रेष्ठ, पूर्व नगर कमिटी सचिवालय सदस्य मधुकर विक्रम श्रेष्ठलगायतको आतिथ्यता थियो ।

Comments