थाहानगर/२७ भदौ
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहा नगर अधिवेशनको मिति सरेको छ ।
भदौ २७ गते बसेको अनेमसंघ थाहा नगर अधिवेशन आयोजक कमिटीको बैठकले अधिवेशनको तयारी पूरा नभएको भन्दै सार्ने निर्णय गरेको सचिव जानकी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले कात्तिक २४ गतेलाई अधिवेशन गर्ने र सोको तयारी भेला कात्तिक ३ गते गर्ने, भेला अगावै सबै वडा कमिटीहरुको बैठक गर्ने लगायतको निर्णय गरेको छ ।
बैठक अधिवेशन आयोजक कमिटी संयोजक यसोधा अधिकारीको अध्यक्षता एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा थाहा नगर ईञ्चार्ज बिमलकुमार ढकालको प्रमुख आतिथ्यता भएको थियो । बैठकमा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले आवश्यक तयारी गरि अधिवेशन भव्य रुपले सम्पन्न गर्न पार्टीले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
बैठकमा जिल्ला सदस्य सुनिता दोङ, अनेमसंघ जिल्ला सदस्य तथा नगर ईञ्चार्ज शान्ता रिमाललगायतको आतिथ्यता थियो ।
बैठकले मातहतका सबै कमिटी सदस्यहरुलाई पार्टी संगठित सदस्यताका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments