थाहानगर/२९ भदौ
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको १० औं जिल्ला अधिवेशनबाट थाहा नगरका ५ जना युवाहरु जिल्ला कमिटीमा परेका छन् ।
भदौ २९ गते सम्पन्न अधिवेशनबाट राजेश नगरकोटीको अध्यक्षतामा सर्वसम्मत चयन भएको जिल्ला कमिटीको उपाध्यक्षमा प्रितम राना मगर, सचिव सबिन लामा, कोषाध्यक्ष विश्व विकल, उपसचिवद्वयमा सुदिप लामा र आशिष थापा सर्वसम्मत हुनु भएको छ ।
थाहा नगरबाट १८ जना प्रतिनिधि सहभागी भएको अधिवेशनबाट थाहा २ का रमण श्रेष्ठ प्रचार विभाग प्रमुखमा चयन हुनु भएको छ । यसैगरी जिल्ला कमिटी सदस्यहरुमा थाहा १ का सुबिन्द्रमान प्रधान, थाहा ५ का बलबहादुर गुरुङ, थाहा ७ का सिद्धार्थ गौतम गोले सर्वसम्मत हुनुभएको छ । यस्तैगरी महिला सदस्यतर्फ थाहा २ का रुपा विष्ट सर्वसम्मत हुनु भएको छ ।
थाहा नगरमा भने देवेन्द्र थोकरको संयोजकत्त्वमा आयोजक कमिटी गठन भएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments