थाहानगर/१ असोज
नेकपा एमाले थाहा नगर कमिटी २ नम्बर वडाले टोल कमिटी गठन गरेको छ ।
असोज १ गते सम्पन्न भेलाले थाहा ४ र ५ मा सुसन कार्कीको अध्यक्षता ११ सदस्यीय टोल कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा हर्षना थापा, सचिव जनम विडारी, उपसचिव राधा कार्की चयन हुनुभएको छ । कमिटीको सदस्यहरुमा रिजन कार्की, सुविन ढकाल, राजेश ढकाल, पूजा ढकाल, रोजन कार्की, नारायणी धमाल र चन्चली कार्की चुनिनु भएको छ ।
यसैगरी, थाहा ७, ८ र ९ को टोल कमिटी अध्यक्षमा नवीन तामाङ चयन हुनु भएको छ ।
कमिटीको उपाध्यक्षमा भेख बहादुर मुक्तान, सचिव जितान केसी, उपसचिव दुर्गा विष्ट चयन हुनु भएको छ ।
कमिटीको सदस्यहरुमा नारायण कार्की, अनिल कार्की, जानुका विडारी, सुनिता थापा, प्रज्वल मगर, विराज थापा र दिपक बस्नेत चयन हुनु भएको छ ।
भेलामा थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले पद तथा गोपिनियताको शपथ गराउनु भयो । २ नम्बर वडा कमिटी अध्यक्ष विष्णुहरि थापाको अध्यक्षता तथा जिल्ला कमिटी सदस्य तुलसा विष्टको प्रमुख आतिथ्यतामा भएको भेलामा नगर कमिटी सचिवालय सदस्य तथा २ नम्बर ईञ्चार्ज गौतमराज श्रेष्ठ, नगर सदस्य श्यामकुमार कार्की लगायतको आतिथ्यता थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments