थाहानगर/११ मंसिर
लियो क्लव अफ पिस थाहाको आयोजनामा भएको रनिङ शील्ड हाजिरीजवाफ प्रतियोगितामा थाहा नगरपालिका ११ स्थित बागेश्वरी मावि प्रथम भएको छ ।
१० विद्यालय सहभागी माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सरस्वती विद्या मन्दिर इङलिस स्कुल बज्रबाराही द्वितीय र पालुङ भ्याली हार्ट एकेडेमी थाहा ३ तृतीय भएका छन् ।
विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, अतिथिहरु जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, लायन्स क्लव अफ थाहा पिसका निवर्तमान अध्यक्ष तथा जोन चियरपर्सन गीता कार्की, अध्यक्ष सत्यदेवी स्याङ्तान, लियो क्लवका पूर्व अध्यक्ष कमल विष्ट, लगायतले शील्ड, पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भयो ।
लियो क्लव अफ पिस थाहाका अध्यक्ष शिशिर खत्रीको अध्यक्षतामा भएको प्रतियोगितालाई थाहा नगरपालिकाले प्रायोजन गरेको थियो ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments