Byroad News

Loading...

रोचक बन्दै शिक्षक भलिवल, शुक्रबार सेमीफाइल र फाइनल खेल हुने


रोचक बन्दै शिक्षक भलिवल, शुक्रबार सेमीफाइल र फाइनल खेल हुने

थाहानगर/१५ फागुन

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा फागुन १४ गतेदेखि सञ्चालन भइरहेको थाहा नगरस्तरीय प्रथम नगर स्तरीय रनिङ शिल्ड शिक्षक भलिवल प्रतितयोगिता थप रोचक बन्दै गएको छ ।

थाहा नगरभित्रका १२ वटा विद्यालयहरुको सहभागिता रहेको खेलमा महिला र पुरुष शिक्षकहरु एउटै समूहबाट खेल्दा खेल अझै रोचक बनेको छ । खेलमा अपाङ्गता भएका शिक्षकदेखि सेवा निवृत्त नजिक उमेरका शिक्षक समेत उत्साहजनक ढंगले सहभागी हुनु भएपछि खेल अझ रोचक बनेको हो ।

फागुन १५ गते सम्पन्न क्वाटर फाइनल खेलमा स्वच्छन्द भैरव माविलाई पराजित गर्दै महांकाल आधारभूत विद्यालय सेमी फाइनलमा प्रवेश गरेको छ । यसैगरि बागेश्वरी माविलाई पराजित गर्दै जनकल्याण मावि, सुनौला माविलाई पराजित गर्दै मत्स्यनारायण मावि सेमीफाइनल प्रवेश गरेको छ । क्वाटर फाइनलमा दुर्गादेवी आधारभूत विद्यालय अनुपस्थित भएपछि सुन्दरीदेवी मावि पनि सेमीफाइनल प्रवेश गरेको छ ।

फागुन १६ गते पहिलो सेमीफाइनल खेल जनकल्याण मावि र महांकाल आवि र दोस्रो सेमीफाइनल खेल सुन्दरीदेवी मावि र मत्स्यनारायण माविबीच विहान ८ बजेदेखि सुरु हुनेछ । खेलको समापन तथा पुरस्कार वितरण समारोह दिउँसो १२ बजे हुने संगठनका अध्यक्ष मनोज लामिछानेले जानकारी दिनुभयो ।

   

Comments

KATHMANDU WEATHER