Byroad News

Loading...

अन्याय विरुद्व लड्न युवा संघलाई आग्रह


अन्याय विरुद्व लड्न युवा संघलाई आग्रह

थाहानगर/१ जेठ

नेकपा एमाले थाहा नगरका नेताहरुले युवाहरुलाई अन्यायका विरुद्व लड्न प्रेरित गरेका छन् । 

राष्ट्रिय युवा संघ, नेपालको स्थापना दिवशको अवसरमा भएको वनभोज तथा अन्तर्कृया कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य शशीधर सुवेदी, एमाले नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानलगायतले अन्याय अत्याचारका विरुद्व लड्न तत्कालीन समयमा केपी शर्मा ओलीको अध्यक्षतामा संघको गठन भएको स्मरण गराउदै समाजमा अन्यायका विरुद्व लड्न युवाहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा संघ, नेपाल थाहा नगर अध्यक्ष सुमन रायमाझीको अध्यक्षतामा भएको कार्यक्रम एमाले जिल्ला सदस्य शशीधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा एमाले जिल्ला सदस्य बिमल कुमार ढकाल, पूर्व जिल्ला सदस्य विष्णु अधिकारी, एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, अनेमसंघ नगर अध्यक्ष यसोदा अधिकारी, रिटर्नी फेडेरेशन नेपालका नगर अध्यक्ष रामचन्द्र खत्री, अखिल नेपाल किसान महासंघका नगर संयोजक कृष्णभक्त महर्जन, पार्टी नगर उपाध्यक्ष हेम कुमार थिङ, नगर सचिव सुजन कुमार रायमाझीलगायतको आतिथ्यता थियो ।

एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको गठन २०४७ साल जेष्ठ १ गते (सन् १९९० मे १५) मा भएको थियो।  यसको स्थापना तत्कालीन नेकपा (माले) का महासचिव मदन भण्डारीको प्रस्तावमा केपी शर्मा ओलीको अध्यक्षतामा गरिएको थियो।

Comments

KATHMANDU WEATHER