Byroad News

Loading...

एमाले थाहा नगर सदस्य बलामीको पशुपतिमा दाहसंस्कार


एमाले थाहा नगर सदस्य बलामीको पशुपतिमा दाहसंस्कार

काठमाडौं/१४ जेठ

जेठ १२ गते पालुङमा बसको ठक्करले ज्यान गुमाएका नेकपा एमाले थाहा नगर कमिटी सदस्य कृष्ण बलामीको बुधबार हिन्दू संस्कार अनुसार दाह संस्कार गरिएको छ । 

बलामीको शव टिचिङ अस्पतालमा पोस्टमार्टम गरेपछी पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । 

पशुपति आर्यघाट पुगेर बलामीलाई पार्टीको झन्डा ओडाएर मौनधारण सहित श्रद्धाञ्जली व्यक्त गरिएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सरकारका मुख्य सचेतक महेश बर्तौला, केन्द्रीय सल्लाहकार सदस्य एवम् संविधान सभा सदस्य सुभाष चन्द्र ठकुरी, एमाले जिल्ला सदस्य बिमल ढकाल, थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, पूर्व प्रदेश सदस्य बुद्वरत्न मानन्धर, एमालेका युवा नेता बिजय बलामीलगायतले माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली दिन थाहा नगर प्रमुख बिष्णु विष्ट, उपप्रमुख भरत गोपाली, नेपाली काङ्ग्रेसका नेता जयराम लामिछानेलगायत थाहा नगरका सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो । 

मृतक बलामी एमाले नगर सदस्य, नेपाल खेलकुद महसंघ नगर ईञ्चार्ज एवं नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन थाहा नगरका उपाध्यक्ष समेत हुन् ।

जेठ १२ गते साँझ ७ बजेको समयमा गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको मृत्यु भएको थियो । 

बसको ठक्करबाट थाहा नगरपालिका–९ का बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ घर भई हाल थाहा नगरपालिकास्थित झम्केश्वरी माविका शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुर, अहुराही गाउँपालिका १ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका मालपोत कार्यालयका कर्मचारी ३६ वर्षीय कमलेश कुमार साहको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ ।

बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरि सवारी ज्यानमुद्दामा अनुसन्धान गरिरहेको पालुङ प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER