Byroad News

Loading...

कृष्णको सम्झनामा श्रद्धाञ्जली सभा


कृष्णको सम्झनामा श्रद्धाञ्जली सभा

थाहा नगर/२३ जेठ

नेकपा एमाले थाहा नगर कमिटी सदस्य कृष्ण बलामीको निधन भएको १२ औं दिनमा एमालेले श्रद्धाञ्जली सभा गरेको छ ।

बलामीको जेठ १२ गते त्रिभुवन राजपथको दोबाटो-थानाबजार खण्डमा बसको ठक्करबाट मृत्यु भएको थियो ।

मृतक बलामी प्रति चित्लाङस्थित उनकै निवासमा नगर कमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । सभाका सभाध्यक्ष नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले कृष्ण बलामीले समाजमा पुर्‍याएको सकारात्मक प्रभावको स्मरण गर्नु हुँदै बलामीले पार्टी अभियानमा पारेको सकारात्मक योगदानको चर्चा गर्नु भयो । 

सभामा प्रमुख अतिथि एमाले जिल्ला सदस्य एवम् जिल्ला पर्यटन विभाग प्रमुख शशीधर सुवेदी, जिल्ला सदस्य बिमल ढकाल, प्रदेश पर्यटन विभाग सचिव बुद्वरत्न मानन्धरलगयतले कृष्ण बलामीले समाजमा पारेको प्रभावमाथि प्रकाश पार्नु भयो ।

सभामा जिल्ला सदस्य सुनिता दोङ, नगर सचिव सुजन रायमाझी, सुर्य बहादुर दोङ, राजाराम रायमाझी, किशु रायमाझी, यसोदा अधिकारी, जानकी श्रेष्ठ, बिजय बलामी, रामराजा केसी, दिलिप बलामी, राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्ष सुमन रायमाझी, वडा कमिटी अध्यक्ष रमेश बलामीलगायत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति थियो । 

जेठ १२ गते साँझ ७ बजेको समयमा गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको मृत्यु भएको थियो । 

बसको ठक्करबाट थाहा नगरपालिका–९ का बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ घर भई हाल थाहा नगरपालिकास्थित झम्केश्वरी माविका शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुर, अहुराही गाउँपालिका १ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको थियो । दूर्घटनामा परी एक जना घाइते भएका थिए ।

Comments

KATHMANDU WEATHER