
थाहानगर/८ असार
थाहा नगर व्याड्मिन्टन संघको आयोजनामा मकवानपुरको थाहा नगरपालिकामा आइतबार सम्पन्न छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिताको उपाधिका मधुसुदन चौधरी र रोशन गोपालीको जोडीले जितेको छ ।
फाइनल खेलमा नरेन्द्र मोक्तान र देव अर्यालको जोडीलाई २४–२२ र २१–१८ को सोझो सेटमा पराजित गर्दै मधुसुदन र रोशनको जोडीले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि विजेता मधुसुदन र रोशनको जोडीले नगद २० हजार रुपियाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता बनेको नरेन्द्र र देवको जोडीले १२ हजार रुपियाँसहित ट्रफी प्राप्त गरेको छ । सेमीफाइनलमा पराजित हुने इशक केसी र नरेन्द्र लामाको जोडी र सुनिल विष्ट र नवीन रायमाझीको जोडीले ६ हजार ५ सय रुपियाँ नगद प्राप्त गरेको छ ।
थाहा नगरपालिका–४, क्याम्पाडाँडास्थित कभर्ड हलमा आइतबार बिहान सम्पन्न सेमीफाइनल खेलमा नरेन्द्र र देवको जोडीले इशक केसी र नरेन्द्र लामाको जोडीलाई २१–१५ र २१–१२ को सोझो सेटमा सहजै पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।
यता मधुसुदन र रोशनको जोडीले सुनिल विष्ट र नवीन रायमाझीको जोडीलाई २१–१८ र २१–१४ ले सोझो सेटमा पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।
शनिबारबाट सुरु भएको प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो । उपाधि विजेता, उपविजेतालाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
खेल संयोजक सुशान्त श्रेष्ठ 'च्याङ', संघका अध्यक्ष संग्राम खत्रीलगायतले खेल सम्पन्न गर्न सहयोग गर्ने दाताहरुलाई धन्यवाद सहित कदर पत्र प्रदान गरिएको थियो ।
-
-
-
1 month ago
"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"
Comments