# Recent News
हेटौंडा/२६ असार
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान गरेको छ ।
मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयले हेटौँडा अस्पतालमा तीन वटा, भक्तपुर अस्पतालमा पाँच वटा, धादिङ अस्पतालमा दुई, सिन्धुली अस्पतालमा दुई, त्रिशुली अस्पतालमा दुई, बकुलहर रत्ननगर अस्पतालमा दुई वटा डायलासिस मेसिन जडान गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।
Featured News
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments