
थाहानगर/२८ साउन
मकवानपुरको थाहा नगरपालिका–२ पालुङमा आज २८ साउनमा पालुङ नेवा: संस्कृति–सम्पदा संरक्षण गुठी औपचारिक गठन गरिएको छ ।
पालुङ क्षेत्रको नेवारी संस्कृति, ऐतिहासिक सम्पदा, जात्रा–पर्व, कला–संगीत र मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु गुठीको उद्देश्य रहेको छ।
गुठीको अध्यक्षमा निरन्जन श्रेष्ठ, उपाध्यक्षमा सबिता प्रधान, सचिवमा गगन श्रेष्ठ, कोषाध्यक्ष बिश्व मान प्रधान चयन हुनु भएको छ ।
गुठीको सदस्यहरुमा रमन श्रेष्ठ, सुरज प्रधान, समिर नापित, विजय बिक्रम श्रेष्ठ, सन्जित श्रेष्ठ, सम्झना श्रेष्ठ, रिना बलामी सर्वसम्मत हुनु भएको छ ।
यस अवसरमा अध्यक्ष निरन्जन श्रेष्ठले गुठी केवल परम्परा जोगाउने मात्र होइन, नयाँ पुस्तालाई आफ्नो पहिचानमा गर्व गर्ने प्रेरणा दिनका लागि समेत रहेको बताउनु भयो ।
सचिव गगन श्रेष्ठले आगामी इन्द्रायणी माइ जात्राको अवसरमा स्थानीय सरकारबाट आर्थिक सहयोग प्रात भए विशेष सांस्कृतिक कन्सर्ट आयोजना गर्ने योजना सुनाउनु भयो ।
गुठीले पालुङ शहरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सांस्कृतिक कार्यक्रम, प्रदर्शनी र कलाकार प्रोत्साहन अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा स्थानीय अगुवाहरू, कलाकार र गुठी प्रतिनिधिको उपस्थिति उल्लेखनीय थियो।
-
-
-
1 month ago
"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"
Comments