
थाहानगर/४ भदौ
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहा नगर कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
भदौ ४ गते सुनौला सिकाइ केन्द्र कुन्छालमा दर कार्यक्रमसहित तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो । अनेम संघ अध्यक्ष यसोदा अधिकारीको सभाध्यक्षता एवम् नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा अनेम संघ मकवानपुर अध्यक्ष सुनित्रा काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । औपचारिक कार्यक्रममा प्रमुख अतिथि काफ्लेले समाज रुपान्तरणका लागि महिलाहरुले आरक्षण कोटामा मात्र सिमित नभई नेतृत्वदायी भोमिकामा समेत अधिकार स्थापित गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुनिता दोङले अब थाहा नगरमा एमालेले मेयरसहित सबै वडाहरुमा निर्वाचित हुन अनिवार्य भएकोले सबै महिलाहरु सचेत गराउन आव्हान गर्नुभयो ।
कार्यक्रममा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले २०८४ को निर्वाचनका लागि महिलाले नै आफ्ना उमेदवार छनौट गरि सिफारिस गरिने भएकोले सबै नेता तथा कार्यकर्ताहरुको कार्यसम्पादनको मूल्यांकन गरिराख्न आग्रह गर्नुभयो । विशेष गरि महिलाको समस्या महिलाले नै बुझ्ने भएकोले आफ्ना लागि नै सक्षम नेतृत्व आफैले चुन्नु पर्ने बताउनु भयो । जिल्ला र केन्द्रको निर्णय भन्दा पनि कार्यकर्ताको रुचिमा उमेदवार छनौट गरि सिफारिस गरिने बताउनु भयो ।
कार्यक्रममा अनेम संघ जिल्ला सदस्यद्वय राधिका कार्की, दुर्गा घोरासैनी, अनेम संघ पूर्व नगर अध्यक्ष सुमित्रा केसी, रिटर्नी फेडेरेशन नेपालका केन्द्रीय लेखा समिति सदस्य युवराज बर्तौला, पार्टी नगर सचिव सुजन कुमार रायमाझी, पार्टी वडा कमिटी अध्यक्षहरुलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन अनेम संघ नगर सचिव जानकी श्रेष्ठले गर्नु भयो ।
औपचारिक कार्यक्रमपछि तीज विशेष साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
-
-
-
4 years ago
आजको तरकारी बजार भाउ
Comments