
थाहानगर/८ भदौ
मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् नेपाल सरकार सत्ता पक्षका मुख्य सचेतक महेश कुमार बर्तौलाले प्रस्तावित रुपचन्द्र विष्ट मार्गले थाहा नगरको भविष्य उज्वल बन्ने बताउनु भएको छ ।
आइतबार पालुङमा नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सांसद बर्तौलाले राजमार्ग र यातायात अवागमनका कारण सुनसान बन्दै गएको थाहा नगरपालिकालाई लक्षित गरि रुपचन्द्र मार्ग प्रस्ताव गरेको बताउनु भयो । बर्तौलाले महेन्द्र राजमार्गको मनहरी खण्डबाट राक्सिराङ, कैलाश हुँदै थाहा नगरपालिकाबाट काठमाडौं जोडिने गरि रुपचन्द्र विष्ट मार्गलाई साझा कार्यक्रमको रुपमा अघि बढाउन सके थाहामा पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउनु भयो । बर्तौलाले पश्चिम नेपालबाट काठमाडौं जोडिने सबैभन्दा छोटो मार्ग हुने हुँदा थाहा नगरमा व्यापारिक चहलपहल हुने र थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टप्रति सम्मान समेत हुने बताउनु भयो । "यो मार्ग निर्माणका लागि करिव ४ सय करोड लागत लाग्छ, तर चारवटै स्थानीय तहहरुले सकारात्मक सहजीकरण गरिदिए मार्ग निर्माणमा कुनै समस्या हुने छैन ।" बर्तौलाले भन्नुभयो, "अहिले देशका जेलहरुमा कैलाश र राक्सिराङका सयौं युवाहरु गाँजाका कारण थुनिएका छन् । यो सडक ती युवाहरुका लागि बैकल्पिक कामको विषय पनि बन्नेछ ।"
स्मरण रहोस् चालु आ.व.का लागि संघीय सरकारले प्रस्तावित रुदाने मार्गका लागि ३ करोड रुपियाँ बिनियोजन समेत गरिसकेको छ । हाल सो मार्गका लागि डीपीआरको काम भइरहेको छ । समय मै डीपीआर सम्पन्न हुन सके यसै वर्ष थप ६-७ करोडको काम सो मार्गमा गर्न सकिने बाइरोडसंगको कुराकानीमा बताउनु भयो । प्रस्तावित मार्ग थानकोट - चित्लाङ - पालुङ - शिखरकोट दोबाटो – भुङदल – बाहुनगाउँ – दम्की - डाँडाबास – गोगने – पकने – ठुलीबेसी - फाँट कुञ्ज - काप्सेरी – अल्छे - सुखु भन्ज्याङ हुँदै निर्माण हुनेछ ।
सांसद बर्तौला थाहा नगरपालिकाद्वारा आयोजित "पूर्ण संस्थागत सुत्केरी पालिका" घोषणा कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी हुनु भएको हो ।
-
-
1 month ago
"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"
-
4 years ago
आजको तरकारी बजार भाउ
Comments